फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा प्रदेश १ का ६ स्थानीय तहमा आज सार्वजनिक बिदा

काठमाडौ,२५ कात्तिक —महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा प्रदेश १ का ६ स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ ।
ताप्लेजुङका २ स्थानीय तह फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । त्यस्तै इलामका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। झापाको दमक नगरपालिकाले बिदा दिएको छ ।