मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

काठमाडौ,२४ कात्तिक — मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु भएको छ ।  भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व विधिवत रुपमा सुरु भएको छ ।
कात्तिक शुक्ल द्वितिया तिथि अर्थात् आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउन माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो ।