काठमाडौ,२० कात्तिक —प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच खेल हुदैछ ।
लिग चरणमा पोखरा पल्टनले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।
पीपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै
