काठमाडौ,१९ कार्तिक —लोकतान्त्रिक आन्दोलनका अगुवा एवं मानवअधिकारकर्मी पद्यरत्न तुलाधरको आज अन्त्येष्टि गरिँदैछ । राजधानीको लाजिम्पाटस्थित निवासबाट दिउँसो एक बजेपछि उहाँको शव यात्रा निकालिने र बौद्य परम्पराअनुसार शोभाभगवतीमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
तुलाधरको अन्त्येष्टि आज गरिदै
