काठमाडौं,१९ कात्तिक — यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइदैछ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहाको अवसर पारेर काग सम्मेलन गरेको छ । सम्मेलनमा इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर करिब ३०० काग उपस्थित गराएका थिए । दुलालले विगत १४ वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् ।
रत्नपार्कमा गरियो ‘काग’ सम्मेलनमा— संयौंको संख्यामा काग भेला
