काठमाडौ,१९ कात्तिक —सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको लोकप्रियता अब फर्किने दाबी गरेका छन् । सोमबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारले तयारीका कामहरू सम्पन्न गरेको भन्दै अब तीब्र गतिमा नागरिकले अनुभूत गर्ने र सरकार प्रतिको लोकप्रियता बढ्ने बताएका छन् ।
सरकारको लोकप्रियता अब फर्किन्छ —प्रचण्ड
