हुम्लामा हिमपात सुुरु, जनजीवन प्रभावित

काठमाडौ, कार्तिक १८ — चिसो बढेसंगै हुम्लामा हिमपात सुरु भएको छ । अकस्मात हिमपात पर्न थालेपछि चिसो ह्वात्तै बढेको छ । हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । सिमिकोट विमानस्थलमा हिमपातका कारण नियमित उडान नभएपछि .तिहारका लागी आउजाउ गर्ने यात्रु प्रभावित भएका छन् भने खाद्यन्न ढुवानी पनि रोकिएको छ ।