महिला प्रिमियर लिगको उपाधि ‘फुटसल एरिना वौद्ध ’लाई

काठमाडौ, १७ कात्तिक —महिला प्रिमियर लिग २०१८ को उपाधि फुुटसल एरिना वौद्धले हात पारेको छ । शनिबार मण्डिखटार स्थित ‘ग्रासरुट्स रिक्रिएसनल फुुटसल’ मा आयोजित प्रतियोगीतामा पासाङ कलेज बिरुद्ध फुुटसल एरिना वौद्धले ६—२ गोलसंगै उपाधि हासिल गरेको हो ।
त्यस्तै कुुमारी फुुटसल तेस्रो स्थानमा आइपुुगेको छ । करिब दुुई महिना देखि सञ्चालित प्रतियोगीतामा आठ टिमहरु रहेका थिए । महिला सशक्तीकरण संस्था र यूरोपियन युनियन(इयु)को सहयोगमा आयोजित प्रतियोगीतामा विजेता खेलाडीहरुलाई मेडल, टर्फी, प्रमाणपत्रसहित बिभिन्न आकर्षण उपहारहरु प्रदान गरियो ।