कांग्रेसको चियापानमा ५ लाखलाई निम्ता कार्ड बितरण

काठमाडौं,१६ कात्तिक — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्वका अवसरमा मुलुकभर आज एकसाथ चियापान कार्यक्रमको आयोजना गर्दैछ । दिउँसो १ बजेबाट सुरु हुने चियापान कार्यक्रममा ५ लाखलाई कार्ड बितरण गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका लागि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा र सर्लाही बाहेकका बांकी ७३ जिल्लामा सम्बन्धित जिल्ला कार्यालयमा चियापानको आयोजना गरिएको छ ।