लागूऔषध सहित ४ जना पक्राउ

काठमाडौं, १५ कात्तिक — अवैध लागूऔषध र चरेश सहित ४ जना पक्राउ परेका छन् । बुधबार दिउसो चन्द्रगिरी नगरपालिका १२ बाट ५ केजी ६० ग्राम लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका(८ का १८ वर्षीय विक्रम लोप्चन, सोही ठाउँ बस्ने १८ वर्षीय दिनेश तामाङ, १८ वर्षीय रामबहादुर लोप्चन र २७ वर्षीय बिकास तामाङ रहेको महानगरीय प्रहरी वृत्त थानकोटले बताएको छ ।