पीपीएल— पहिलो खेलमा चितवन विजयी

काठमाडौ,१५ कात्तिक —पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा जारी पहिलो खेलमा काठमाडौं रोयल्सबिरुद्ध चितवन राइनोजले १३ रनले जित दर्ता गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले काठमाडौँलाइ १५० रनको लक्ष्य दिएको थियो । तर काठमाडौंले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र जोड्न सक्यो ।