काठमाडौं, १३ कात्तिक —उपत्यकाभित्र मंगलबारबाट दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन पाइने भएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले टिपर चलाउन दिने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा चालकको सवारी अनुमतिपत्र र ब्लू बुकको प्रतिलिपी र फोटोको विवरणसहित निवेदन दिए मागको उपयुक्तताको आधारमा दिउँसो टिपर सञ्चालनको अनुमति दिइने महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यकाभित्र दिउँसो टिपर चलाउन पाइने
