प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आउदै

काठमाडौ, कार्तिक १३, —प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुुधार आएको चिकित्सकहरुले बताएका छन् ।
ओलीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो । छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीको डाक्टर अरुण सायमीको नेतृत्वमा उपचार भैरहेको छ ।