मोरङमा नेपाल कम्युनिष्ट पार्टीको स्थानीय तहमा एकता सम्पन्न

मोरङ, २९ असोज—नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थानीय तहमा पार्टी एकता गर्न थालेकोछ । जसमा मोरङलले कार्यदल बनाएर स्थानीय तहको पार्टी एकताको प्रक्रिया थालेको हो ।
पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरे र सह इन्चार्ज सावित्रीकुुमारी काफ्लेको उपस्थितिमा बैठक बसेको थियो । जहा स्थानीय तहमा एकताका लागि तत्कालीन एमाले र माओवादी पार्टीका इन्चार्ज, अध्यक्ष र सचिव सम्मिलित कार्यदल गठन गरेको छ ।