काठमाडौ, २२ असोज— सरकारले सवारी चालक अनुमतिपत्र ( स्मार्ट लाइसेन्स ) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दश वटा मेसिन खरिद गरेपछि हाल चार वटा मात्र सञ्चालनमा रहेको छ ।