काठमाडौं, २१ असोज—दशैं नजिकीदैछ । नया पहिरन, नया सामान हरेक कुरा नया किन्ने चलन छ । दशैंमा नया नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैैंकले आजदेखि नया नोट वितरण गर्दैछ । नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ । हिन्दुहरुको महान चाड दर्शैलाई संवोधन गर्दै राष्ट्रबैकले असोज २९ सम्म नया नोट साट्ने सुविधा दिएको हो ।
दशैंका लागि आजदेखि नेपाल राष्ट्र बैंकले नया नोट साटने सुविधा दियो
