काठमाडौ,१४ असोज —कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका निलम्बित कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको डिएनए रिपोर्ट मेल खाएन ।
मृतक निर्मला पन्तको योनीमा भेटिएको भेजिनल स्वाबसँग तीनै जनाको डिएनए नमिलेको रिपोर्ट आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
झण्डै दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परीक्षणका लागि रगत लिएको थियो ।