काठमाडौँ,३ असोज —मदिरा सेवनका कारण मलेसियामा यामा ७ नेपालीको मृत्यु भएको छ । मलेसियास्थित नेपाली दूतावासले बुधबार प्रेस वक्त्वय जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेहरुमा बसेरी(३ धादिङका मिमबहादुर घले, मसिना(६ रुपन्देहीका रामकुमार यादव,अमरगढी(५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा(९ सुनसरीका संजय उराव, सिद्धिथुम्का(९ इलामका बलबहादुर कुलुंग र आइतसिंह गोले रहेका छन् ।
गोलेको पहिचान एकिन हुन बाँकी रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मदिरा सेवनबाट मलेसियामा ७ नेपालीको मृत्यु
