काठमाडौ,१ असोज — पथलैया औद्योगिक कोरिडोरमा रहेकोे मकालु शोप एण्ड केमिकल इण्डस्ट्रिज उद्योगमा सोमबार बिहान भीषण आगलागी भएको छ । बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको त्रिवेणी ग्रुपको साबुन उद्योगमा भएको आगलागीबाट करिब पाच करोडको क्षति भएको छ । सोमबार बिहान करिब साढे सात बजे उद्योगमा विश्वकर्मा पूजाको तयारी चलिरहेका बेला अचानक आगलागी हुदा गोदाममा रहेका सम्पुर्ण सामानहरु नष्ट भएको प्रहरीले बताएको छ ।
साबुन उद्योगमा भीषण आगलागी, ५ करोडको क्षति
