काठमाडौ,२८ भदौ — श्रीलंका सरकारले मुलुकका हिन्दु मन्दिरमा पशुबली प्रतिबन्ध लगाएको छ । बोका, राँगा, कुखुरा बली दिने प्रथामाथि प्रतिबन्ध लगाइएको हिन्दु धर्म मामिला मन्त्रालयले जनाएको छ । बली दिने क्रममा हिन्दु र मुस्लिम समुदायले पशुलाई पिडा दिने गरेको भन्दै पशु अधिकारकर्मी तथा बौद्ध धार्मिक समुहले विरोध गर्दै आएका छन् ।