काठमाडौ,२८ भदौ दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस भीमदत्त पन्त राजमार्गमा बिहीबार बिहान बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका छन्।
डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ मा पर्ने भीमदत्त पन्त राजमार्गको रुपसकाँडा भन्ने स्थानमा बिहीबार बिहान ३ बजे उक्त बस सडकबाट एक सय मिटर तल भीरमा खसेको क्षेत्रीय टाफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।
भीमदत्त पन्त राजमार्गमा बस दुर्घटना, २७ जना घाइते
