प्रधानन्यायाधीशमा अस्वीकृत जोशी फर्किए अदालत

काठमाडौ,२६ भदौ —प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अस्वीकृत गरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्किएका छन् । जोशीले सोमबार नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई वरिष्ठतम् न्यायाधीशको हैसियतमा अदालतमा स्वागत गरेका थिए।

जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका नाम अस्वीकृत गरेको थियो। । सुनुवाइपछि जोशी बिदामा बसेका थिए ।

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्किएको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । यद्यपी उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन ।