काठमाडौं, १२ भदौ —सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बलात्कारीलाई कठोर भन्दा कठोर सजाय दिनुपर्ने बताएका छन् । उनले सोमबार राजधानीमा आयोजित एक कार्यक्रमममा बोल्दै बलात्कारीलाई सीधै गोली ठोक्नुपर्ने बताएका हुन् ।
‘बलात्कारीलाई सीधै गोली ठोक्नुपर्छ’, उनले अगाडि भने, ‘जोसुकै होस, बलात्कारीलाई उन्मुक्ति दिनैहुँदैन, सीधै गोली ठोक्ने व्यवस्था गर्नुपर्छ ।’पूर्व प्रधानमन्त्री नेपालले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको पनि उल्लेख गरे । उनले संविधानको कार्यान्वयनका लागि सबै जुट्नुपर्नेमा पनि जोड दिए ।
‘बलात्कारीलाई सीधै गोली ठोक्नुपर्छ’ —माधव कुमार नेपाल
