केहि छिन काठमाडौंको भिडभाडबाट पन्छीन मन थियो । शान्त, सुन्दर र रमाइलो दृश्यको खोजीमा आखा तिखाईरहेका थिए । यि सबै कुराको प्याकेज बौद्धस्तुपामा पाइन्छ भन्ने लागेपछि उतै जाने सुर कसें । भदौरे झरिको वास्तै नगरि जोरपाटीस्ति बौद्धतिर लागे । अचेल जोरपाटी जानुभनेको ठुलो सास्ती खेप्न जानु जस्तै हो । हिलाम्मे बाटोले बाईक देखि नसक्नु भएको थियो । त्यहि हिलो सडकको काखैमा कमलको फुल जस्तै, बौद्धस्तुपा फुलिरहेको छ । बेलुका ५ बजेको थियो । पर्यटकको आर्कषक उपस्थीतिले बौद्ध वरिपरिको सौन्र्दय रोमाञ्चक देखिन्थ्यो । वर्षाले फुर्सद नपाएको आकाश आइतबार बेलुका फुरुङ थियो । निलो आकाश खुलेको देख्दा मनमा एक किसीमको आनन्द छाएको महशुस गरे । आधुनिक समय । प्रविधिको सदुुपयोग गर्दैै त्यो गोधुली साझ र बौद्ध परिवेशलाई क्यामेरामा कैद गर्न मन लाग्यो । तस्वीर खिच्दा खिच्दै मनले भन्दै थियो, ‘आहा मेरो देश, सुन्दर देश ।

- ………………………………………………………………………………………..

- …………………………………………………………………………………….

प्रस्तुतकर्ता एवं फोटोग्राफि : रवि भित्रकोटी