काठमाडौ, २ भदौ —संघीय सरकारले तीनवटै तहका सरकारले लगाएको कर अध्ययनका लागि दुई समिति बनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा एउटा समिति बनेको छ । यो समतिले तीनै तहले लगाएको कर दोहोरो परे–नपरेको, संविधान र कानुनअनुसार भए–नभएको तथा करको क्षेत्राधिकार मिचिएको सम्बन्धमा अध्ययन गर्नेछ । समितिमा राजस्वसचिव शिशिरकुमार ढुंगाना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याल सदस्य छन् ।
कर समस्या समाधान गर्न दुई समिति गठन
