काठडमाडौ, २९ साउन— प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरिएको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ । नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा आज बिहानै आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
बन्दकर्ताद्धारा नवलपरासीमा दुईवटा ट्रकमा आगजनी
