काठमाडौं, २८ साउन — भिख माग्नेलाई एक हजार जरिवाना, एक महिना जेलको व्यवस्था गरिने भएको छ । आउँदो भदौ १ गतेदेखि यो नियम लागु हुने भएको छ । मुलुकी अपराध (संहिता) ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ ।
पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना लाग्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख गरिएको छ ।
भिख माग्नेलाई एक हजार जरिवाना, एक महिना जेल
