काठमाडौ,१४ साउन—प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनविपरीत बजेट सक्न विदेश भ्रमणमा गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन थालेको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशन, सरकारको मितव्ययी नीति तथा वैदेशिक भ्रमण व्यवस्थापन निर्दे्शिकाको उल्लंघन गर्दै ५९ जना कृषिका कर्मचारी भारत भ्रमणमा गएका थिए ।
कृषिका ५९ कर्मचारीमाथि छानबिन शुरु
