राजपा कार्यकर्ताबीच कुटाकुट, ५ घाइते

 

काठमाडौ, १४ साउन —महोत्तरीको पिपरा गाउँपालिकाको गाउँपरिषदमा राष्ट्रिय जनता पार्टी (राजपा)कार्यकर्ताबीच कुटाकुट हुुदा ५ घाइते भएका छन ।
राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्षमा निर्वा्चित विनोद चौधरीले विकासका योजनामा एकलौटी गरेको भन्दै उनकै पार्टीका कार्यकर्ताहरुले विरोध गरेपछि झडप भएको हो ।

परिषदमा प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई पक्षबीच झडप भएको थियो । राज्यमन्त्री शर्मालाई प्रमुख अतिथीको रुपमा बोलाइएको थियो ।