काठमाडौ,१४ साउन— नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसन डीएलएको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको गणना अन्तिम चरणमा पुगेको छ ।
नयाँ नेतृत्वको लागि कानुन व्यवसायीहरुको तर्फबाट अध्यक्ष पदको लागि योगेन्द्रबहादुर अधिकारी,सीताराम केसी, र वरिष्ट अधिवक्ता रामकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
पछिल्लो गणना अनुसार अधिकारीले केसीलाई करीब ८० भन्दा बढी मतले पछि पार्दै अग्रता लिइरहेका छन । गैंडाकोटमा जारी १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ कार्यसमिति चयनको लागि हिजो मतदान भएको थियो ।