सडक भत्काउन छिटो बनाउन ढिलो

काठमाडौं, १३ साउन—काठमाडौैको सडक जोखिममा छन् । वर्षामा त सहर हिलाम्मै हुन्छ । सकड बनाउने बाहानामा बाटो खनिहाल्ने अनि तुरुन्तै बनाउन नचाहने प्रवृत्ति देखिन्छ ।
सडक मर्मत, मेलम्ची खानेपानी विस्तार, ढल निर्माण मर्मतका लागि भन्दै खनिन्छ । खनिएका सडक समयमै पुनः निर्माण गर्न नसक्दा काठमाडौ बासीलाई समस्या झेल्नु परेकोछ ।