रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई

काठमाडौ,१३ साउन— रानीपोखरी नबन्दा आलोचित भएका काठमाडौं महानगरकापालिकाका मेयर विद्यासुन्दर शाक्य पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने निष्कर्षमा पुगेका छन् ।

मेयर शाक्यले यसबारे सुरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग परामर्श गरेका थिए । तर, लाइन मिनिस्ट्रीबाट प्रस्ताव आउनु पर्ने बताएपछि रक्षा र पर्यटनमन्त्रीका साथै पुरातत्व विभाग र मेयर शाक्यको बैठक बस्यो, जहाँ रानीपोखरी पुनर्निर्माण सेनालाई दिने मोटामोटी सहमति भएको छ  ।