गाउँसभामै चल्दैन दलितको पानी

काठमाडौ, १३ साउन—   जुम्लाको तातोपानीमा जनप्रतिनिधिले नै जातीय छुवाछुत गरेका छन । सामुहिक बैठक बस्ने प्रतिनिधिहरु दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन ।

‘गाउमा जातीय बहिस्करणको सिकार बनेका नागरिकसगै गाउपालिका बैठकमै माथिल्लो जातका व्यक्तिले पानी छोइदिएको भन्दै खान नमानेको जनप्रतिनिधिले अनुभव बताए ।

यसैगरी जुम्लाकै चन्दननाथ गुरुकुल पाठशालामा पनि दलितलाई निषेध छ । कर्णालीकै पहिलो गुरुकुल पाठशालामा दलितहरुलाई पढ्न बर्जित छ । यहाँ ब्राह्मण, क्षेत्री समुदायका बालबालिका मात्रै पढ्न पाउँछन ।