त्रिशूली नदीमा बस खस्दा ७ जनाको मृत्यु, २३ घाइते

काठमाडौ,११ साउन —काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना ६ ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किदा नदीमा खसेको हो ।
दुर्घटनामा ७ को मृत्यु भएको छ भने २३ जना घाइते भएका छन । मृत्यु हुनेमा पाल्पा वेगनाश कालिका बस्ने वर्ष ३२ का अर्जुन न्यौपाने, तनँहु भानु ५ का २७ वर्षका सुमित श्रेष्ठ, तनँहु भन्सार बस्ने २७ वर्षका कमला श्रेष्ठ, काठमाडौं बस्ने ३० वर्षका रविन गुरुङ र तनहुँ केशवटारका ४० वर्षका बाबुराम तिवारी रहेका छन् । दुर्घटनामा मृत्यु भएका एक बालक र एक महिलाको सनाखत हुन सकेको छैन ।

घाइतेहरुलाई भएका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर पुरानो मेडिकल कजेल र धादिङको गजुरी लगिएको छ । साभार — नयाँ प्रत्रिका