‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश

काठमाडौं, ११ साउन—आज देशभर गुरुपुर्णीमा मनाइदैछ । आज आषाढ शुक्ल पुर्णिमा अर्थात गुरु पुर्णिमा । आफुलाई शिक्षा, ज्ञान बुद्धी र उपदेश दिने अग्रज प्रति सम्मान दिने आजको दिन हो । बौद्धिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मयन्तीका अवसरमा बैदिक कालदेखि नै गुरु पुर्णीमा मनाउदै आइएको हो । व्यासको जयन्तीलाई गुरुपुर्णीमा का रपमा लिने गरिन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ ।