अमेरिकामा नेपाली युवतीमाथि गोली प्रहार

 

काठमाडौ, ९ साउन—अमेरिकामा नेपाली युवति माथि गोली प्रहार गरिएकोछ । ओक्लोहाममा गोरखाकी रचना श्रेष्ठमाथि स्थानीइ समय अनुसार दिउसो सवा १२ बजे एक युवकले ८ गोली प्रहार गरेका थिए । उपचारका क्रममा ८ गोली मध्ये, ४ गोली शरिरबाट निकालिएको र रचनाकोअ अवस्था अत्यन्तै चिन्ताजनक रहेको श्रीमान कपिल श्रेष्ठले बताएका छन् ।

गोली हान्ने १८ वर्षका जिमुन्तेज हिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यक कारबाही अघि बढाउदै छ । रचना डीभि परेर डेढ वर्ष अघि अमेरिका पुगेकी थिइन् । उनको साढे २ वर्षका छोरा छन् ।