धामीको हत्या काण्डमा २४ भन्दा बढी गाउँले पक्राउ

 

काठमाडौ, ८ साउन— धादिङबेसीमा गत शनिवार गाउँलेको कुटाइबाट धामी हत्या गरिएको भनिएको घटना aरहस्यमय बन्दै गएको छ । सदरमुकाम धादिङकोे गंगा–जमुना गाउँपालिका–२ को लताव गाउँमा शनिवार २ स्थानीय धामी ६५ वर्षीय साइँला तामाङ र ५५ वर्षीय नरुङ्ग तामाङको स्थानीयबासीको कुटाइबाट मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा २४ जना भन्दा धेरै स्थानीयलाई नियन्त्रणमा लिइ जिल्ला सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।