कांग्रेसको विरोधपछि संसद बैठक स्थगित

काठमाडौं, ८ साउन — राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधले स्थगीत भएको छ ।
कांग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा भनाभन भएको थियो ।
आजको बैठकमा अध्यक्षबाट राष्ट्रियसभाका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ९ गते बिहान ११ बजे बस्नेछ ।