कानुनमन्त्री तामाङद्धारा राजीनामा

काठमाडौ, ८ साउन —कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन । बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुबारे गरेको टिप्पणीकै कारण उनको मन्त्री पद खोसिएको छ । सर्टि्फिकेट लिन नेपाली छात्राहरुले अस्मिता बेच्नुपर्ने बाध्यता रहेको बताएपछि उनको चर्को आलोचना भयो र उनले मन्त्री पदबाट राजीनामा दिएका हुुन ।