पश्चिम तराईमा युरीया मलको विकल्पमा एमोनियम सल्फेटको माग

 

काठमाडौं, ६ साउन—पश्चिम तराईमा युरीया मलको विकलपमा प्रयोग हुने एमोनियम सल्फेट मलको माग बढेको छ ।

अनुदानमा उपलब्ध गराइने युरीया भन्दा केही महंगो भए पनि यसको प्रयोगले उत्पादन बढ्न थालेपछि त्यसको माग ह्वात्तै बढेको साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले जनाएको । यो कार्यालयले प्रदेश ५, ६ र ७ मा मल बिक्री गर्दै आएको पाइएकोछ ।