नयाँ बानेश्वरमा तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौ, ५ साउन —नयाँ बानेश्वरमा तरुण दल र प्रहरीबीच झडप भइरहेको छ । डा. गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको छ ।