काठमाडौं छिर्न नपाउने नियमविरुद्ध धादिङमा ट्रिपर चालकको बिरोध

काठमाडौं,४ साउन— दिउँसोको समयमा काठमाडौमा ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले राजमार्गमा प्रदर्शन गरेका छन् ।
काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारको नियम विरुद्ध धादिङका सबै ट्रिपर व्यवसायीले विरोध जनाउँदै पृथ्वी राजमार्गको सिम्लेमा प्रदर्शन गरेका हुन् ।