सरकारको निषेधित क्षेत्रमा विरोध प्रर्दशनी गर्ने २५ जना विद्यार्थी पक्राउ

पोखरा, ३ साउन—निषेधित क्षेत्रमा प्रर्दशन गरिरहेका बेला २५ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेकोछ । गण्डकी प्रदेशसभाको मुल गेट अगाडि प्रर्दशन गर्ने नेविसंघ र नया शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा नेविसंघ केन्द्रीय सदस्य भानु ढकाल, दीपक शर्मा वाग्ले, विकास गुरुङ, समित केसी, नयाँ शक्ति विद्यार्थी युनियनका नेत्र चापागाई, रेशम सापकोटा लगायत छन्।