सरकारी अस्पतालमा हडताल

काठमाडौं, ३ साउन— काठमाडौं देशभरका चिकित्सकहरु हडतालमा उत्रेका छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् ।
नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने जनाएको छ ।