गण्डकी प्रदेशले आजदेखि कर उठाउने

 

काठमाडौं, साउन १— गण्डकी प्रदेशले आजदेखि कर उठाउन भएको छ । २४ अर्ब दुइ करोड ३३ लाख बराबरको बजेट पेश गरेको गण्डकी प्रदेशले प्रदेशका ११ जिल्लाबाट विभिन्न शीर्षकमा १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ । प्रदेश सरकारले कर उठाउने कानुन आर्थिक विधेयक पनि पारित गरिसकेको छ । गण्डकी प्रदेशले स्थानीय र संघीय सरकारले उठाउनेबाहेक आफैँले सवारी साधन, घरजग्गा दर्ता, विज्ञापन, मनोरञ्जन, प्राकृतिक स्रोत शुल्क, पर्यटन आदि क्षेत्रमा कर उठाउने छ ।