उपत्यकामा टिपर आंतक रोक्न टाईम कार्ड लागु

 

काठमाडौं, साउन १—टिपर आतंक बढ्दै गएपछि व्यवस्थीत गर्न साउन १ गतेदेखि टिपर तथा मालबाहक गाडीमा टाईम कार्ड लागु भएकोछ । उपत्यकामा आजदेखि यो नियम लागु हुनेछ । भक्तपुरको सांगादेखि काठमाडौको कोटेश्वर सम्मको करिब १५ किलोमिटर दुरी ५१ मिनेटमा पार गरिसक्नु पर्नेछ नया नियम लागु भएकोछ ।
प्रहरीले यसको लागि सवारी नम्बर सहितको टाइम कार्डको व्यवस्था गरेको हो । प्रहरीका अनुसार कार्डमा छुटेको समय, पुग्ने स्थान र ट्राफिक प्रहरीको कार्यालय छाप समेत हुनेछ । महाशाखाले दिउसो १२ बजे देखि ३ बजे र राती ८ देखि १० बजे सम्म टाईम कार्ड लागु हुने जनाएकोछ ।