सप्तकोशीमा पानीको बहाव बढेपछि २९ ढोका खोलिए

काठमाडौ ३१ असार —अबिरल बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल््ला गरिएको छ ।
शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको हो । रासस