संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुंगियो, संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी

काठमाडौ ३०, असार — सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको हो ।

संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन् ।
यस्तो छ विवरण
प्रदेश १ मा
२ हजार ८०८

प्रदेश २ मा
२ हजार ३४३

प्रदेश ३ मा
२ हजार ६७३

गण्डकी प्रदेशमा
२ हजार २४७

प्रदेश ५ मा
२ हजार ५९७

कर्णाली प्रदेशमा
१ हजार ८४२

प्रदेश ७ मा
२ हजार ६० कर्मचारीको दरबन्दी रहने छ।