लगातार वर्षाका कारण हरियो तरकारीको मुल्य दोब्बर

 

सुनसरी, ३० असार—लगातार वर्षाका कारण हरियो तरकारकीको मुल्य दोब्बर भएकोछ । तीन साताको फरकमा मुल्य दोब्बर भएको हो । धनकुटा, तह्रथुम, संखुवासभा, उत्तरी मोरङ र सुनसरीका किसानले उत्पादन गरेका हरिया तरकारी बजारमा पुर्याउन नसक्दा नै मुल्य बढेको व्यापारि बताउछन् ।
वर्षाले ४० प्रतिशत तरकारी नष्ट गरेको छ । जसले गर्दा मुल्य बृद्धि भएको हो । सुनसरीको धरानस्थित कृषि उपज बजारमा हरियो तरकारीको थोक मुल्यमै दोब्बर फरक परेको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले सुनाए ।