गएराति पहिरो जादा हेटौंडा—काठमाडौ सडक अवरुद्ध

 

हेटौंडा, २९ असार—पानीका कारण पहिराो झरेपछि हेटौंडा काठमाडौ जोड्ने छोटो दुरी मार्ग अवरुद्ध छ । गत रातभरि पानी परेपछि पहिरो गएको हो । सडक अवरुद्ध हुदा पुर्वी तराईको सर्लाहीदेखि चल्ने सवारी र यात्रु अलपत्र परेका छन् ।
हेटौंडा(फाखेल खण्डको महालक्ष्मी खोला र सुकौरा ड्याममा आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरी चौकी फाखेलले जनाएको छ ।